नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नं १०, सार्की भञ्ज्याङका १ सय १० परिवारलाई ब्लाङकेट वितरण ब्लाङकेट वितरण गरिएको छ ।
नेपाली कांग्रेस काभ्रेका प्रवक्ता समेत रहेका स्थानीय समाजसेवी सन्तमान तामाङ र नेपाल आदिवासी जनजाति महासंघ काभ्रे प्रदेश सभा क्षेत्र नं १ (ख) का सभापति समेत रहेका समाजसेवी रोहित लामाको विशेष पहलमा प्राप्त सहयोगबाट त्यहाँका १ सय १० परिवारलाई ब्लाङकेट वितरण गरिएको हो ।
जर्मनीको ड्रिहसन र आसपासका वेलफ्रड परिवार, साथीभाईले ब्लाङकेटका लागि सहयोग गरेका थिए ।
समाजसेवी सन्तमान तामाङ र रोहित लामा, नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमिति सदस्य कृष्णप्रसाद तिमल्सिना, नमोबुद्ध नगर कार्यपालिका सदस्य बुद्धकुमारी तामाङ, वडा नं १० का सदस्य सन्तोष पाठक कुमार सिं लामालगायतले ब्लाङकेट वितरण गरेका थिए ।
यसअघि पनि वडा नं १० को दारेगौंडा, बसेरी, सिम्ले, सिमपानी छाप लगायतका स्थानमा ब्लाङकेट वितरण गरिएको थियो ।
जाडोको मौसममा ब्लाङकेट पाएपछि स्थानीयले सहयोगी सबैमा आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस