पिताको स्मृतीमा मेयरले दिए मेथिनकोट अस्पताललाई ५ थान एयर कन्डिसनर

नौलो समाचार संवाददाता
२०८१ माघ ३, बिहिबार मा प्रकाशित ४५ पटक पढिएको
पिताको स्मृतीमा मेयरले दिए मेथिनकोट अस्पताललाई ५ थान एयर कन्डिसनर

नमोबुद्ध / नमोबुद्व नगरपालिका प्रमुख कुनसाङ लामाले पिताको स्मृतीमा मेथिनकोट अस्पताललाई एयर कन्डिसनर (एसी) मेसिन सहयोग गरेका छन् ।

पिता सुर्यमान लामाको स्मृतीमा नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको मेथिनकोट अस्पताललाई ५ थान मेसिन सहयोग गरेका हुन् ।

विहिबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेललाई मेसिन हस्तान्तरण गरेका थिए ।

मृगौला डाइलासिस सेवा दिइरहेको र बालबालिकाको सघन उपचार कक्ष सञ्चालनको तयारीमा रहेको अस्पताललाई उक्त मेसिन प्रभावकारी हुने भन्दै अस्पतालका अध्यक्ष खनाल र मे.सु पौडेलले सहयोगप्रति आभार प्रकट गरे ।

नगर प्रमुख लामाले सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै जनतालाई गुणस्तरीय सेवा दिन अनुरोध गरे ।

हस्तान्तरण कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारी, वडा नं ४ का अध्यक्ष अर्जुनबहादुर कार्की र अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीको उपस्थिीति थियो ।

प्रतिक्रिया दिनुहोस