हेलिकप्टरबाट पानी खसालेपछि बेथानचोकको रमितेडांडा र ज्वानेथुम्को क्षेत्रको डढेलो नियन्त्रणमा आयो

नौलो समाचार संवाददाता
२०८१ माघ ११, शुक्रबार मा प्रकाशित ५८ पटक पढिएको
हेलिकप्टरबाट पानी खसालेपछि बेथानचोकको रमितेडांडा र ज्वानेथुम्को क्षेत्रको डढेलो नियन्त्रणमा आयो

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं १ र २ को सिमा क्षेत्रमा लागेको डढेलो नियन्त्रणामा आएको छ ।

बस्ती जोखिममा हुन सक्ने भन्दै हेलिकप्टरमार्फत पानी खसालिएको रमितेडांडा, ज्वानेथुम्कोमा आगो नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको पहलमा गृह मन्त्रालयमार्फत आएको सिम्रिक एयरको हेलिकप्टरले २४ बकेट (प्रति बकेट १ हजार लिटर) पानी खसालेको थियो ।

खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेक क्षेत्रमा लागेको डढेलो भने नियन्त्रणमा लिन नसकिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस