सोनाम ल्होछार : काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा

नौलो समाचार संवाददाता
२०८१ माघ १६, बुधबार मा प्रकाशित ९४ पटक पढिएको
सोनाम ल्होछार :  काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा
तस्वीर : सामाजिक सञ्जाल

बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् ।

हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, बेथानचोक, भुम्लु र चौरीदेउराली गाउँपालिकाले सूचना प्रकाशित गरेर माघ १६, १७ र १८ गते विदा दिने निर्णय गरेका हुन् । माघ १६ गते सहिद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक विदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक विदा घोषणा गरेका हुन् ।

तामाङ समुदाय बाहुल्य जिल्लाका सबै स्थानीय तहमा सोनाम ल्होछार मनाउने गरिन्छ ।

तामाङ समुदायले यो वर्ष २८६१ औं सोनाम ल्होछार (डुल/सापुख्री) अर्थात् सर्प वर्ष मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस