तेमालमा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ फागुन ७ देखि

नौलो समाचार संवाददाता
२०८१ फागुन ३, शनिबार मा प्रकाशित ६६ पटक पढिएको
तेमालमा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ फागुन ७ देखि
फाइल तस्वीर

तेमाल / काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा आयोजना गरिएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ फागनु ७ गतेदेखि सञ्चालन हुँदैछ ।

फागुन १० सम्म वडा नं. ५ स्थित पोखरी नारायणस्थान खेल मैदानमा हुने प्रतियोगितामा १८ टिम दर्ता भएको खेलकुद विकास समिति सदस्य सचिव भिमलाल तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख पच्चीस हजार रुपैयाँ, द्वितीय हुनेले पचहत्तर हजार, तृतीय हुने टिमले पचास हजार रुपैयाँ र चौथो हुने टिमले पच्चीस हजार रूपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

बागमती प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले उद्धघाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस