बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व ‘वृत्तचित्रमा’

नौलो समाचार संवाददाता
२०८१ फागुन ३, शनिबार मा प्रकाशित ७० पटक पढिएको
बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व ‘वृत्तचित्रमा’

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व समेटेर वृत्तचित्र निर्माण गरी सार्वजनिक गरिएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा. राजन विनायक पासाको संयुक्त पहलमा अनुसन्धानमुलक वृत्तचित्र निर्माण गरिएको हो ।

वृत्तचित्रमा श्री बडीमालिका पूजाको पन्ध्र दिने ‘सरकारी पेटारो’ लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका रुपमा समेटिएको छ ।

लेखक तथा निर्देशक समेत रहेका डा. पासाले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले प्रवद्र्दन गर्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टी दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुशी व्यक्त गरे ।

वृत्तचित्र निर्माणकर्ता रोशनप्रसाद श्रेष्ठले शैक्षिक अध्ययनको क्रममा सो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने देखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भएको बताए ।

प्रतिक्रिया दिनुहोस