डा. दिपकलाई ‘धुलिखेल रत्न’

नौलो समाचार संवाददाता
२०८१ फागुन ५, सोमबार मा प्रकाशित १५७ पटक पढिएको
डा. दिपकलाई ‘धुलिखेल रत्न’

धुलिखेल / वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ डा.दिपक श्रेष्ठलाई धुलिखेल रत्न पदक प्रदान गरिएको छ ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व एसोसिएट डिन समेत रहेका प्राध्यापक डा. श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा सामूदायिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत धुलिखेल नगरपालिकाको स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।

पुर्व नगर उपप्रमुख विमला शर्मा चौलागाईंलाई धुलिखेल नक्षत्रबाट सम्मान गरियो ।

गायिका योजना खड्कीलाई धुलिखेल प्रज्ञाश्री, काठमाडौं विश्वविद्यालयलाई धुलिखेल सेवाश्री सम्मान प्रदान गरियो । जर्मन सहयोग नियोग जिआइजेड, खेलाडी पुष्पलाल श्रेष्ठ, सम्पदा संरक्षणकर्मी आमोदनाथ प्याकुरेल, अखिल नेपाल फूटबल संघ एन्फा, शिक्षक चुनियालाल श्रेष्ठ, इन्जिनियर रोजन ताम्राकार र शिक्षक अशोक घिमिरे धुलिखेल ताराबाट सम्मानित भए ।

सातजना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटा, नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, उपप्रमुख निराजन जंगमलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

स्थापना दिवसको अवसरमा धुलिखेल नगरपालिकाले विभिन्न पदक र सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस