धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने भएको छ ।
धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच चलचित्र छायाकंन स्टुडियो निर्माणको लागि १ हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ र बोर्डका अध्यक्ष दिनेश दाहाल (डिसी)ले हस्ताक्षर गरेका छन् । नगरपालिकाको तर्फबाट उपप्रमुख निराजन जंगम, वडा नं ८ का अध्यक्ष विनोद गौतम र बोर्डका तर्फबाट बोर्ड सदस्य के. एल. खड्का र वरिष्ठ कलाकर्मी रहेका जिल्लावासी रविन्द्र खड्का साक्षी छन् ।
२०८१ माघ २२ गते बोर्डले जग्गा उपलव्ध गराउन पत्राचार गरेपछि माघ २३ नै गते नगर कार्यपालिकाले कटुवापाखामा रहेको १ हजार ३ सय रोपनी सरकारी जग्गा स्टुडियो निर्माणका लागि विकास बोर्डलाई उपलब्ध गराई भोगाधिकारको प्रकृया अघि बढाउने निर्णय गरेको थियो ।
स्थापना दिवस समारोहमा भएको सम्झौता अनुसार, नगरपालिकाले बोर्डलाई वडा नं ८ को कटुवापाखामा रहेको एक हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने छ । स्टुडियो निर्माण भएर सञ्चार भएपछि योग्यताका आधारमा रोजगारीमा वडा नं ८ का स्थानीयलाई प्राथमिकता दिने पनि समझदारी छ ।
प्रतिक्रिया दिनुहोस