संविधानसभा सदस्य विदुर सापकोटाको निधन

नौलो समाचार संवाददाता
२०८१ फागुन ८, बिहिबार मा प्रकाशित ८३ पटक पढिएको
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

काठमाडौँ / संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य बिदुर सापकोटाको निधन भएको छ ।

अस्वस्थ भई काठमाडौँ चाबहिलस्थित हेल्पिङ्ग ह्यान्ड्स कम्युनिटी हस्पिटलमा भर्ना भएका सापकोटाको उपचारको क्रममा बिहिबार विहान निधन भएको हो ।

२०७० सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित सापकोटा पार्टी विभाजन पछि नेकपा (एकिकृत समाजवादी) मा थिए ।

मृतक सापकोटाका श्रीमती र एक छोरी छन् ।

छोरी विभुले दागवत्ती दिएकी थिइन् ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका पार्टी नेतासहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए ।

यसविच, एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै सापकोटाको निधनप्रति दुःख प्रकट गरेको छ । अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा लोकतन्त्र स्थापनाका लागि सापकोटाले पुर्याएको योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको उल्लेख छ ।

तत्कालिन नेकपा एमाले काभ्रेको सचिवको रुपमा १५ वर्ष जिल्लाको पार्टी नेतृत्व गरेका सापकोटा पछिल्लो समय नेकपा एकिकृत समाजवादीको पोलिट्व्युरो सदस्य एवं बाग्मती प्रदेश सहइञ्चार्ज थिए ।

 

प्रतिक्रिया दिनुहोस