तेमाल / काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा आयोजना गरिएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ को उपाधी वडा नं ७ ले जितेको छ । आयोजक टिमलाई पराजित गर्देै वडा नं ७ ले उपाधी जितेको हो ।
वडा नं २ को लामाखोर समाजको टिम तेस्रो भयो भने वडा नं १ को खाँडादेवि युवा क्लबले सान्तवना पुरस्कार प्राप्त गर्यो ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ लगायतले विजयी खेलाडी र टिमलाई नगद, मेडल र ट्रफी प्रदान गरेका थिए ।
वडा नं. ५ स्थित पोखरी नारायणस्थान खेल मैदानमा बाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले उद्धघाटन गरेको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको खेलकुद विकास समिति सदस्य सचिव भिमलाल तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख पच्चीस हजार रुपैयाँ, द्वितीय हुनेले पचहत्तर हजार, तृतीय हुने टिमले पचास हजार रुपैयाँ र चौथो हुने टिमले पच्चीस हजार रूपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस