बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट

नौलो समाचार संवाददाता
२०८१ फागुन १४, बुधबार मा प्रकाशित ८२ पटक पढिएको
बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट

बनेपा /  प्लेग्रुप देखि स्नातक तहसम्मको शिक्षा प्रदान गरिरहेको बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट शुरु भएको छ ।

सबै तहमा गरि करिब ३ हजार ७ सय विद्यार्थी पढाइरहेको विद्यालयले तहगत रुपमा प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागितामा सास्कृतिक कार्यक्रमसहितको अभिभावक दिवस ५ दिनसम्म मनाउन लागेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।

मंगलबार आयोजित कार्यक्रममा बालबालिकाले विभिन्न प्रतिभा प्रस्तुत गरे ।

कक्षा २ देखि १० सम्म सो विद्यालयमा अध्ययन गरी फिलिपिन्समा एमविविएस अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेकी विद्यार्थी स्मृति नापितलाई कार्यक्रममा सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा लगायतले उनलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष इश्वरी ओझा, विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा लगायतले बेलरले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस