व्यवसाय प्रवद्र्धन सम्बन्धमा जिल्ला सहकारी संघले गर्यो अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८१ फागुन २०, मंगलबार मा प्रकाशित १३९ पटक पढिएको
व्यवसाय प्रवद्र्धन सम्बन्धमा जिल्ला सहकारी संघले गर्यो अन्तरक्रिया

पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा सेवा केन्द्र अन्तर्गत पनौती नगरपालिका, खानिखोला र बेथानचोक गाँउपालिकाका २७ वटा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।

सहभागीले जिल्ला संघले प्रदान गर्ने सेवा सुविधा, हालै आएको सहकारी अध्यादेश र राष्ट्र बैंकबाट जारी मापदण्ड, प्रविधिमा आधारित सेवा विस्तार गर्नुपर्ने लगायतका विषयमा जिज्ञासा र सुझाव दिएका थिए । संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले संघको विषयमा जानकारी गराउँदै संघका कार्यक्षेत्र र गतिविधी प्रस्तुत गरेका थिए ।

अध्यक्ष अमन पोटे श्रेष्ठले जिल्ला सहकारी संघलाई सरल र सहज रुपमा छिटो छरितो रुपमा प्रविधिमा आधारित भएर सेवा प्रदान गर्ने लगायतका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक सदस्यहरु सुदर्शन अधिकारी, मोहनकुमार श्रेष्ठ, पुर्णसागर रञ्जित, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र संघका कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस