काठमाडौं / चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा काठमाडौंस्थि त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघबाट दुष्यन्त गौतम (थोमस) ले प्रमुख दाबेदारी प्रस्तुत गरेका छन् ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने थोमस सबैभन्दा चर्चित र प्रिय रहेको विद्यार्थीहरु बताउँछन् । निरन्तर विद्यार्थीहरु माझ रहने, गुनासो सुन्ने, विद्यार्थीहरुको हितको लागि आवाज बुलन्द गर्ने, विद्यार्थीहरुलाई अप्ठ्यारोमा सहयोग गर्ने र विद्यार्थी र प्रशासनको विचमा पुल सक्ने खुबी भएका थोमस प्रबल दाबेदार मानिएका हुन् । ‘म सदैव देशलाई माया युवा हो, सबैले देशमा यो भएन, त्यो भएन, नेताले बिगारे मात्रै भनेर देश बन्दैन, देश बनाउन सबैले आआफ्नो ठाउँबाट इमानदारीपुर्वक सहयोग गर्नुपर्छ,’ थोमसले भने, ‘अझ विशेषगरी राजनीतिमा आउनुपर्छ ताकि आउने सन्ततीले पनि देशमा यो भएन त्यो भएन,देश बर्बाद भयो भन्न नपरोस् ।’
नेतृत्व गर्ने क्षमता, सहयोगी स्वभाव र सदैव सत्यको पक्षमा बोल्ने गुण थोमसमा छ । स्ववियु निर्वाचनको चहलपहल बढिरहदाँ विद्यार्थी, विद्यार्थी नेता, पुर्व विद्यार्थी नेताको रोजाईमा समेत उनी छन् । उनको उम्मेदवारीले नेविसंघको जित निश्चित गर्ने विद्यार्थीहरु नै बताउँछन् ।
प्रतिक्रिया दिनुहोस