भुम्लु / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले वैशाख १५ गतेसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरको छ ।
भुम्लु गाउँपालिकाको केन्द्र सल्लेमा शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले बैशाख दोस्रो साताभित्र सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।
सम्मेलन गर्न बाँकी वडा, स्थानीय तह र प्रदेश र प्रतिनिधी सभा क्षेत्रीय समितिलाई चैत मसान्तभित्र सम्मेलन गरिसक्न पनि कांग्रेसले निर्देशन दिएको छ ।
चैत मसान्त भित्र कृयाशिल सदस्यता नविकरण गरिसक्न स्थानीय तह र वडाका सभापतिहरुलाई तदारुकता देखाउन पनि कांग्रेस बैठकले अनुरोध गरेको छ ।
चैत ९ गते काठमाडौं तीनकुनेस्थित रोयल बैंकेटमा बद्रिराज तिमल्सिना सभापति रहेको काभ्रे – काठमाडौं सम्पर्क समिति विस्तार गर्न कार्यक्रम गर्ने बैठकले तय समेत गरेको छ ।
घुम्ती बैठक बस्दै आएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको यो छैठौं बैठक हो । यसअघि रोशी, तेमाल, बेथानचोक गाउँपलिका, धुलिखेल नगरपालिका, खानीखोला गाउँपालिकामा बैठक बसिसकेको छ ।
प्रतिक्रिया दिनुहोस