बनेपा । लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा अन्तरक्रिया गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजना, वागमति प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा लागूऔषध तथा मनोद्विपक औषधिसम्बन्धमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमुख उपरिक्षक (एसपी) बसुन्धरा खड्काले एम्बुलेन्समा समेत लागूऔषध तस्करी हुने गरेको पाइएको भन्दै सबैको चूनौती बिषयलाई समाधान गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । लागूऔषध नियन्त्रण गर्न औषधी व्यवसायीले समेत समन्वयकारी भूमिका निभाउनुपर्ने खड्काले बताइन् । लागूऔषधको कारोबार बढेपछि काभ्रे प्रहरीले विभिन्न नाका हुँदै आउने सवारीसाधनमा निगरानी बढाएको बताउँदै उनले सूचना दिएर प्रहरीलाई सहयोग गर्न अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले लागूऔषधको लतबाट युवापुस्तालाई छुटाउन औषधि व्यवसायीको भूमिका रहने भन्दै यसतर्फ सचेत बन्न आग्रह गरे ।
वागमति प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष ध्रुर्वनारायण श्रेष्ठले चिकित्सकको सल्लाहमा मात्र औषधी सेवन गर्न अनुरोध गर्दै व्यवसायीलाई समेत लागूऔषध नबेच्न अनुरोध गरे । महासचिव राजु श्रेष्ठले कानूनविपरित काम नगर्न व्यवसायीलाई आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघ काभ्रेका अध्यक्ष श्यामकुमार तिमल्सिनाले कमीकमजोरी सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पेशागत हितसंगै व्यापार मात्र नगरेर सेवा पनि प्रवाह गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस