५ औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता बनेपामा शुरु

नौलो समाचार संवाददाता
२०८१ चैत्र २, आईतबार मा प्रकाशित ५५ पटक पढिएको
५ औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता बनेपामा शुरु

बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ ।

बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक वडाअध्यक्ष मनिषा तामाङले जानकारी दिइन् ।

नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको मैदानमा चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्धघाटन नगर प्रमुख शान्तीरत्न शाक्यले गरे ।

उद्धघाटन खेल आयोजक वडा नं ९ ले जितेको छ । वडा नं २ को टिमलाई ८ –१ गोल अन्तरले पराजित गरेको थियो ।

उद्धघाटन समारोहमा उपप्रमुख बिमला सापकोटा दाहाल ,प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने,१४ वटै वडाका अध्यक्ष, खेल क्षेत्रसंग सम्बन्धित व्यक्तित्वको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस