बनेपा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एक मात्र काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो विद्यार्थी संगठन दरिएको छ ।
प्रत्यक्षतर्फ प्यानल नै जित हासिल गरेको नेविसंघ संगठनलाई भोट हाल्ने समानुपातिक प्रणालीमा पनि पहिलो भएको हो ।
कुल सदर ३ सय ९१ मत मध्ये नेपाल विद्यार्थी संघले २ सय ५४, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले १ सय १९ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २० मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ उम्मेदवारी दिएकालाई पनि संगठनले पाएको मतको अनुपातमा निर्वाचित घोषणा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस