पनौती । रोटरी क्लब अफ पनौतीले नवौं स्थापना दिवस(चार्टर डे) मनाएको छ ।
सन् २०१६ मार्च १७ तारेखका दिन रोटरी इन्टरनेसनलबाट मान्यता पाएको दिनला रोटरी क्लब अफ पनौतीले स्थापना दिवसको रुपमा मनाएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ पनौतीले विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएको तथ्य प्रस्तुत गरियो । गत असोजमा पनौती, बेथाञ्चोक र रोशी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावितहरुको राहत र पुनस्र्थापनामा रोटरी क्लब अफ पनौतीको अगुवाईमा काभ्रे जिल्लाका सबै रोटरी क्लबहरु मिलेर गरेको सेवामूलक र सामुदायिक कामहरुका बारेमा जानकारी गराइयो ।
क्लबका अध्यक्ष मणिराम सापकोटाको अध्यक्षतामा संचालित कार्यक्रममा संस्थापक अध्यक्ष, प्राध्यापक रोटरियन प्रा. डा. सुमनराज ताम्राकारले स्थापनाकालदेखि विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएका कारण समुदायको मन जित्न सकिएको बताए । यसैगरी गर्भनर्स स्पेशल रिप्रेजेन्टेटिभ (जिएसआर) रोटरियन अशोककुमार श्रेष्ठ, रोटरी क्लब अफ पनौतीका पूर्व अध्यक्ष रोटरियन डा. नारायण चरण श्रेष्ठ, रोटरी पनौतीका पूर्व अध्यक्ष एवं वर्ष २०२५–२६ का लागि असिस्टेन्ट गर्भनर (एजी) रोटरियन ई. सितु सैंजु, रोटरी क्लब अफ काभ्रे–बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिना, रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष रोटरियन जोत्सना सैंजु, रोटरी क्लब अफ ई–नमोबुद्ध बागमतीकी अध्यक्ष रोटरियन गङ्गा लुइँटेललगायतले रोटरी अभियानबारे चर्चा गरेका थिए ।
स्थापना दिवसका अवसरमा रोटरी क्बल अफ पनौतीलाई रोटरी क्लब अफ एड्वार्डस टाउन अष्ट्रेलियाका रोटरियन जोन रोनाल्ड प्राइस, काभ्रे जिल्लामा रहेका विभिन्न रोट्रयाक्ट क्लब र इन्टर्याक्ट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए । रोट्रयाक्ट क्लब अफ बनेपाकी अध्यक्ष रोट्रयाक्टर सदिक्षा धिताल, रोट्रयाक्ट क्लब अफ पनौती अध्यक्ष रोट्रयाक्टर करिना तिमल्सिना र रोट्रयाक्ट क्लब अफ केयु मेडिकल स्कूलकी अध्यक्ष रोट्रयाक्टर छाया संज्ञा मगरले रोटरी पनौती रोट्रयाक्ट क्लबहरुलाई पनि यात्रामा सँगसँगै लैजान गरेको योगदानको प्रसंशा गरेका थिए । यस्तै, इन्ट्रयाक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी अध्यक्ष इन्ट्रयाक्टर श्रेया मगराती र इन्ट्रयाक्ट क्लब अफ केयु हाइस्कूलका अध्यक्ष इन्ट्रयाक्ट रोनक श्रेष्ठले स्कूल जीवनबाटै रोटरीबारे जान्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
रोटरी पनौतीका निवर्तमान अध्यक्ष मधुसुधन गुरागाईंले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा सर्जेन्ट–एट्–आम्र्स रोटरियन मनिष भैलले बैठकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रोटरी क्लब अफ भक्तपुर पूर्व अध्यक्ष तथा आरपी फाउण्डेशन फर कन्जर्भेसनका अध्यक्ष रबिन्द्र पुरीले रोटरी पनौतीको स्थापनाकालमा क्लब सल्लाहकार हुन पाएको स्मरण गर्दै फाउडेशनका कामहरुमा रोटरी क्लब अफ पनौतीसँगको सहकार्यको प्रशंसा गरे । उनले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै भवियमा पनि सहकार्य भइरहने अपेक्षा गरे ।
यसैगरी, रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत काभ्रेपलाञ्चोक डिजास्टर रेस्पोन्स परियोजनाबाट विपदबाट जोगिन पूर्वतयारीलगायतका विपद चक्रका विभिन्न आयामहरुमा प्रभावित क्षेत्रमै काम गर्नका लागि ३ वटा रोट्रयाक्ट क्लब (केयुएमएस, पनौती र बनेपा) र २ वटा इन्ट्रयाक्ट (सिद्धार्थ वनस्थली र केयु हाइस्कूल) क्लबहरुलाई ‘द गोल्डेन हिलिङ–डिजास्टर रिलिफ प्रोजेक्ट अवार्ड’ पत्र हस्तान्तरण गरिएको संयोजक रोटरियन ई. सितु सैंजुले जानकारी दिए । उनका अनुसार परियोजनाले क्लबहरुले प्रस्तावका आधारमा आर्थिक सहयोग उपलब्ध गराउने र सम्बन्धित रोटरी क्लबहरुले ‘मेन्टरसीप’ गर्ने सैंजुले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस