धुलिखेल / कक्षा १० को माध्यमिक शिक्षा परिक्षा (एसइइ) आजबाट शुरु भएको छ । साधारण र प्राविधिक धारका बिषयमा चैत ७ देखि १९ गतेसम्म एसइइ हुँदैछ ।
जिल्लाका ३४ परिक्षा केन्द्रमा दुवै धार गरी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । साधारणतर्फ ६ हजार १ सय ९५ जना र प्राविधिकतर्फ १ सय ९६ जना छन् । नियमिततर्फ ५ हजार ७ सय ८९ र ग्रेडबृद्धिका लागि ६ सय २ जना छन् । सामुदायिक विद्यालयका ४ हजार १ सय ५८ जना र संस्थागत विद्यालयका २ हजार २ सय ३३ विद्यार्थीले परिक्षा दिने इकाई प्रमुख देवका ढकालले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस