धुलिखेल / कक्षा १० को माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा काभ्रेमा पहिलो दिन ६४ परिक्षार्थी अनुपस्थित भएका छन् ।
बिहिबार अनिवार्य अंग्रेजी विषयको परिक्षामा नियमिततर्फका ५० जना र ग्रेड बृद्धितर्फका १४ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख समेत रहेका जिल्ला परिक्षा समितिका सदस्य सचिव देवका ढकालले जानकारी दिइन् । उनका अनुसार, प्राविधिक धारतर्फका १ सय ७८ जना नै सहभागी छन् । साधारणतर्फका ५ हजार ५ सय ६१ र अंग्रेजी बिषयको ग्रेड बृद्धितर्फका १ सय १८ परिक्षार्थी सहभागी भएका छन् ।
जिल्लाका ३४ परिक्षा केन्द्रमा दुवै धार गरी ६ हजार ३ सय ९१ विद्यार्थीले फाराम भरेका थिए । साधारणतर्फ ६ हजार १ सय ९५ जना र प्राविधिकतर्फ १ सय ९६ जना थिए । नियमिततर्फ ५ हजार ७ सय ८९ र विभिन्न बिषयमा ग्रेडबृद्धिका लागि ६ सय २ जना थिए । सामुदायिक विद्यालयका ४ हजार १ सय ५८ जना र संस्थागत विद्यालयका २ हजार २ सय ३३ विद्यार्थीले परिक्षाको लागि फाराम भरेका थिए ।
विहिबार सबै परिक्षा केन्द्रमा शान्तीपूर्ण रुपमा परिक्षा सञ्चालन भएको ढकालले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस