काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. राजिव श्रेष्ठ नियुक्त

नौलो समाचार संवाददाता
२०८१ चैत्र ६, बिहिबार मा प्रकाशित १४३ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. राजिव श्रेष्ठ नियुक्त
काठमाडौं विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा.डा. राजिव श्रेष्ठ ।

धुलिखेल / काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. राजिव श्रेष्ठ नियुक्त भएका छन् ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त उपकुलपति प्रा.डा. अच्युत वाग्लेको सिफारिसमा श्रेष्ठलाई रजिष्ट्रार नियुक्त गरेका हुन् ।

रजिष्ट्रार रहेका वाग्ले उपकुलपति नियुक्त भएपछि उक्त पद खाली थियो ।

क्लिनिकल फार्माकोलजीका प्राध्यापक श्रेष्ठ धुलिखेल अस्पतालको खोज तथा अनुसन्धान विभागको निर्देशकको रुपमा काम गरिरहेका थिए । सन् २००६ देखि धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसमा काम गरिरहेका श्रेष्ठ केयूमा नेपाल टेक्नोलजी इनोभेसन सेन्टर स्थापनामा महत्पूर्ण भूमिका खेल्ने मध्येका हुन् ।

प्रतिक्रिया दिनुहोस