धुलिखेल/ नेपाल सरकारबाट २ प्रहरीले चौकीले भोगााधिकार पाएका सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
प्रहरी चौकी भकूण्डेवेशी र पोखरीनारायणस्थानले प्रयोग गर्ने गरी भोगााधिकार प्राप्त ६/६ रोपनी सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत दिपक कोईरालाले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्का र इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक कृष्ण गिरीलाई हस्तान्तरण गरेका हुन् ।
२०८१ चैत्र ४ गते नेपाल सरकारले साविक मेथिनकोट गाविस वडा नम्वर ६ मा रहेको कित्ता नम्वर ८५ को ६ रोपनी जमिन प्रहरी चौकी भकुण्डेवशीलाई र साविक पोखरीनारायणस्थान गाविस ३ तेमालमा कित्ता नं ४६३ को ६ रोपनी सार्वजनिक जग्गा प्रयोगको लागि अनुमति दिने निर्णय गरेको थियो ।
जग्गा सुनिश्चितासँगै ती स्थानमा भवन निर्माण शुरु हुनेछ । तेमाल गाउँपालिकाको पोखरीनारायणस्थानमा चौकी निर्माणको लागि बजेट समेत विनियोजन भइसकेको प्रहरी निरिक्षक गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस