नमोबुद्धमा ४० जनालाई प्लम्विङ र डकर्मी तालिम

नौलो समाचार संवाददाता
२०८१ चैत्र १०, आईतबार मा प्रकाशित २५६ पटक पढिएको
नमोबुद्धमा ४० जनालाई प्लम्विङ र डकर्मी तालिम

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका ४० जनालाई प्लम्विङ र डकर्मी तालिम शुरुवात गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शिर्षकमा विनियोजन भएको कार्यस्थलमा आधारित सीप/क्षमता विकास तालिम र जीवनउपयोगी सीप तालिम अन्तर्गत ४० जनालाई प्लम्विङ र डकर्मी तालिम दिइएको रोजगार संयोजक अमृत खनालले जानकारी दिए । उनका अनुसार, तालिम ५० दिन सञ्चालन हुनेछ ।

तालिम उद्धघाटन गर्दै नगर प्रमुख कुनसाङ लामाले सीपयुक्त जनशक्ति बन्दै नगर र राष्ट्रको विकासमा लाग्न आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ सिप र तालिमले मानिसलाई सफल बनाउने तर्क गरे ।

कार्यक्रममा नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर के.सी., वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, स्थानीय निर्देशक समिति सदस्य समेत रहेका वडा नं ११ का अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस