अध्यक्ष तिवारीको सकृयताले नमोबुद्ध वडा नं ३ मा थपिदै विकास पूर्वाधार

नौलो समाचार संवाददाता
२०८१ चैत्र १२, मंगलबार मा प्रकाशित ४५३ पटक पढिएको
अध्यक्ष तिवारीको सकृयताले नमोबुद्ध वडा नं ३ मा थपिदै विकास पूर्वाधार

भेँडाबारी / नमोबुद्ध नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश तिवारीको सकृयताले वडामा विकासले गति लिएको छ ।

नगरपालिकाका वडा मध्ये विकासमा पछि परेको मानिएको वडा नम्बर ३ मा  तिवारीकै सकृयतामा ठूला विकास निर्माणका काम भइरहेको छ ।

‘नगरपालिकाको केन्द्र भकुण्डेवेशीबाट वडा कार्यालय जोड्ने गतिलो बाटो समेत नभपछि म सकृयापूर्वक सडक पूर्वाधार बनाउन तर्फ लागे,’ वडा नं ३ का अध्यक्ष तिवारीले भने, ‘अघिल्लो बर्ष विनियोजन भएको ४ करोड ३१ लाखबाट सडकमा वाल, ढल निकास लगायतका पूर्वाधार निर्माण भइरहेको छ, यसबर्ष पनि बजेट सुनिश्चित भएको छ ।’

उनका अनुसार, ४ करोड बजेटले बाटो अधुरो हुनेभएपछि उनले बागमती प्रदेश सरकारमा पहल गरेका थिए ।  प्रदेशले श्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालय काभ्रेबाट सोमबार नै ५ करोड ९९ लाखको बोलपत्र आव्हान भएको छ । योसंगै ४ किलोमिटर सडक अस्फाल्ट पिच हुनेछ । ढल, वाल, ह्युमपाइपसहितको कल्भर्ट लगायतका संरचना निर्माण हुनेछन् ।

अध्यक्ष तिवारीका अनुसार, यो बर्ष मात्रै वडामा २० करोड भन्दा बढी बजेटको योजना कार्यान्वयन भइरहेका छन् । उनकै वडाको दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डारण) निर्माण भइरहेको छ । संघीय सरकारमार्फत नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रम र नगरपालिकाको आन्तरिक श्रोतसमेतबाट यसबर्ष ७ करोडको लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको छ । पिकनिक पार्क, खानेपानी, मन्दिर स्कुल भवनसहितका अन्य योजना पनि वडामा कार्यान्वयन भइरहेका छन् ।

नगर प्रमुख कुन्साङ लामा समेतको मार्गदर्शन विकास निर्माण अघि बढाइरहेका तिवारीले सामाजिक विकासलाई पनि उत्तिकै जोड दिएका छन् । गत शैक्षिक सत्रमा वडाका सबै विद्यालयका बालबालिकालाई पोशाक, स्टेशनरी उपलव्ध गराएका तिवारीले हालै सुत्केरी र गर्भवतीको लागि सामाग्रीहरु उपलव्ध गराएका थिए ।

वडामार्फत र व्यक्तिगत खर्च समेतमा धार्मिक यात्रा, वनभोज लगायतका रचनात्मक कार्य गर्दै आएका तिवारीको सकृयताले वडावासी समेत खुशी छन् ।

प्रतिक्रिया दिनुहोस