धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ भनिएको विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु भएको छ ।
सन् २०२५ को मार्च २७ देखि ३१ सम्म ५ दिन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने महोत्सव बिहिबार सिभि रमण अडिटोरियमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले शुभारम्भ गरे । गौतमले परिवर्तनका संवाहक युवाहरुबीच रहेको सिर्जनशील ज्ञान, सीप क्षमताको आदनप्रदान एवं सिकाईको मञ्चको रुपमा महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा विभिन्न देशबाट १ सय ५० विदेशी तथा स्वदेशी युवा सहभागी छन् ।
सोमबार सम्म चल्ने महोत्सवमा शुक्रवारबाट कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जन लगायत बिषयमा विज्ञहरुले कार्यपत्र, बहस, अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस