अमलटार / रोशी गाउँपालिकाको गाउँ सभाको सोह्रौं अधिवेशनले दुई विधेयक पारित गरेको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभा बैठकमा उपाध्यक्ष मिमबहादुर वाइवाले पेश गरेको शिक्षा विधेयक, २०८१, विज्ञापन विधेयक, २०८१ निर्णयार्थ पेश हुँदा सर्वसम्मतले पारित गरेको हो । उपाध्यक्षले नै बैठकमा पेश गरेको विनियोजन ऐन माथिको संशोधन प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ ।
प्रवक्ता वसन्तकुमार तामाङले पेश गरेको आ.व. २०८१/८२ को प्रगति प्रतिवेदन सभाले पारित गरेको छ । उपाध्यक्ष वाइवाले नै सभामा पेश गरेको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन पनि पारित भएको छ ।
सभाले लेखा समिति, विधायन समिति र विकास तथा सुशासन समितिलाई पुर्णता पाएको छ । वडा नम्बर ३ का अध्यक्ष धनजित तामाङको सयोजकत्वको लेखा समितिमा मन्जु तामाङ र रिता कोइराला सदस्य छन् । वडा नम्बर १२ का अध्यक्ष वसन्तकुमार तामाङको संयोजकत्वको समितिमा जितबहादुर तामाङ र निरध्व्ज लामा सदस्य छन् । वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतमको संयोजकत्वको विकास तथा सुशासन समितिको सदस्यमा एकरत्न घलान र तेजबहादुर मगर सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस