श्यामपाटी / नमोबुद्ध नगरपालिकाको वडा नं १ नगरकै पहिलो पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ ।
आर्थिक बर्ष २०८०/८१ कोे चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । सो उमेर समुहका ५० जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको सुनिल के.सी.ले जानकारी दिए ।
बुधवार खोप समन्वय समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष प्रेमबहादुर तामाङले प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेका हुन् ।
घोषणापूर्व स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिन्छ । चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे–नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।
प्रतिक्रिया दिनुहोस