नगरकोट भ्रमण वर्ष आजबाट

नौलो समाचार संवाददाता
२०८२ बैशाख १, सोमबार मा प्रकाशित १०७ पटक पढिएको
नगरकोट भ्रमण वर्ष आजबाट

नगरकोट / तीन जिल्लाको संगम रहेको नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउन ती जिल्लाका ४ स्थानीय तह कस्सिएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंंको शंखराापुर नगरपालिकाले २०८२ लाई नगरकोट भ्रमण बर्षको रुपमा मनाउन लागेका हुन् ।

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ गतेबाट ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सुरुवात हुँदैछ । नगरकोटको ‘बतासेडाँडा’ मा राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गर्नेछन् ।

भ्रमण बर्ष अवधीभर एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक समेत रहेका मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिए ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय, सहकार्यमा हुने नगरकोट भ्रमण वर्ष २०८२ को प्रवद्र्धकमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन् ।

भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, बनेपाका नगरप्रमुख शान्तीरत्न शाक्य र शंखरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुखहरु मण्डनदेउपुरका बिष्णुमणि नेपाल, बनेपाका विमला सापकोटा दाहाल, चाँगुनारायणका रमेश बुढाथोकी र शंखरापुरका समिता श्रेष्ठ र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति गठन भएका छन् ।

नगरकोटसँगै चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, भेषभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्दै होमस्टेको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस