मृतक पत्रकारको परिवारलाई चौतारीले गर्यो सहयोग

नौलो समाचार संवाददाता
२०८२ बैशाख १, सोमबार मा प्रकाशित ६४ पटक पढिएको
मृतक पत्रकारको परिवारलाई चौतारीले गर्यो सहयोग

बनेपा / प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकले स्वर्गीय पत्रकार रेखबहादुर रखालको परिवारलाई आर्थिक सहयोग गरेको छ।

नयाँ वर्षको अवसरमा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रेखबहादुरका भाइ मोहनलाई नगद २३ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको हो।

प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा र प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले उक्त रकम हस्तान्तरण गरेका थिए। चेष्टा साप्ताहिक र प्राइम एफएममा कार्यरत रेखबहादुरको गत मङ्सिरमा निधन भएको थियो।

पूर्वमन्त्री समेत रहेका बास्कोटाले २०८२ सालमा कोही पनि पत्रकार जलेर मर्नुपर्ने अवस्था नबनोस् भन्ने कामना गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्नुपर्ने बताए ।

प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले अन्य संगठनसँग सहकार्य गर्दै प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस