नमोबुद्ध / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २०८२ वैशाख महिनाको बैठक नमोबुद्ध नगरपालिका वडा नं ६, टारमा गरेको छ ।
जिल्लाका सबै स्थानीय तहमा घुम्ती (मोबाइल) बैठक गर्दै आएको कांग्रेसले २०८२ वैशाख महिनाको नियमित बैठक नमोबुद्ध नगर सभापति एवं नगर प्रमुख कुनसाङ लामाको निवासमा सम्पन्न गरेको हो । चैतमा भुम्लुमा बसेको बैठकले वैशाखको नियमित बैठक नमोबुद्ध नगर कार्यसमितिको व्यवस्थापनमा गर्ने निर्णय गरेको थियो । प्रत्येक महिनाको २ गते नियमित बैठक बस्दै आएको छ ।
घुम्ती (मोबाइल) रुपमा सबै स्थानीय तहमा बैठक बस्दा त्यहाँ नेता, कार्यकर्ता, मतदाता, जनप्रतिनिधीसंग अन्तरक्रिया गर्न सहज भएको र यसले संगठन निर्माणमा सहयोग पुगेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।
२०७९ चैत २ गतेको बैठकले प्रत्येक स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो । २०८१ वैशाख २ गते रोशी गाउँपालिकाको कटुञ्जेबाट शुरु भएको घुम्ती बैठक यसअघि तेमाल, बेथानचोक, खानीखोला, भुम्लु गाउँपालिका, धुलिखेल, बनेपा नगरपालिकामा सम्पन्न भइसकेको छ । मौसम लगायतका प्रतिकुलताका कारण केही बैठक बनेपास्थित पार्टी कार्यालयमा नै बसेको थियो ।
सबै स्थानीय तहमा पुगेका त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका साथै जनप्रतिनिधीसंग अन्तरक्रिया गरी सल्लाह, सुझाव समेत संकलन गर्ने उद्धेश्यले कांग्रेसले घुम्ती बैठक सञ्चालन गर्दै आएको छ ।
बैठकले क्रियाशील सदस्यता नवीकरण केन्द्रमा वैशाख १५ गतेभित्र बुझाउने समय सीमा तोकिएको भन्दै यथाशीघ्रयथाशीघ्र बुझाउन क्षेत्र, स्थानीय तह र वडा कार्यसमितिहरूलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस