नमोबुद्धका नेता कार्यकर्तासँग नेपाली कांग्रेसले गर्यो अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ बैशाख २, मंगलबार मा प्रकाशित २७६ पटक पढिएको
नमोबुद्धका नेता कार्यकर्तासँग नेपाली कांग्रेसले गर्यो अन्तरक्रिया

नमोबुद्ध/ नेपाली कांग्रेस काभ्रेपलान्चोकले नमोबुद्ध नगरपालिकाका नेता कार्यकर्ताहरूसँग अन्तरक्रिया गरेको छ।

नियमित मासिक बैठक विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २०८२ वैशाखमा नमोबुद्ध नगरपालिकामा बैठकपछि अन्तरक्रिया गरेको हो।

नमोद्ध नगरपालिका वडा नम्बर ६ टारमा भएको अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले विकास निर्माण र २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सक्षम, नवीन र गतिशील कांग्रेस अहिलेको आवश्यकता भएको बताए। हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसमाथि प्रहार भएको तर्क गर्दै सभापति लामाले त्यसको मुकाबिला गर्दै आएको बताए। जनतामा निराशा फैलाउन नेपालमा केही भएको छैन भन्ने भ्रम छरिएको भन्दै पूर्वाधार विकासको क्षेत्रमा धेरै भएको तर्क गरे । नेपालीहरू रोजगारीका लागि विदेशीएको स्वीकार्दै उनले सरकारले कानुनमा रहेका नीतिगत सुधार गर्दै स्वदेशमा नै अवसर सृजना गर्न लागि परिरहेको बताए।

सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका पूर्वमन्त्री लामाले आगामी आर्थिक वर्षमा नमोबुद्ध नगरपालिकाका सबै वडामा पर्याप्त योजनामा बजेट विनियोजन गराउने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका नेता अच्युतप्रसाद पौडेल, प्रवक्ता सन्तमान तामाङ, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नम्बर १ ख का सभापति चन्द्रबहादुर तामाङ,जिल्ला सदस्य राधिका श्रेष्ठ, इन्द्रबहादुर खड्का, नमोबुद्ध नगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नम्बर २ का अध्यक्ष कविराज श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष रमेश तिवारी, वडा नम्बर ५ का अध्यक्ष सुरे तामाङ, वडा नम्बर ६ का अध्यक्ष टिकाबहादुर केसी,‌ वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर लामा, नेपाली कांग्रेस नमोबुद्ध का सचिव रामेश्वर अधिकारी, कोषाध्यक्ष दुर्गाबहादुर तामाङ,वडा नम्बर २ का सभापति रामहरी आचार्य, वडा नम्बर ३ का सभापति मुरारी पौडेल, वडा नम्बर ६ का सभापति धनध्वज लामा, वडा नम्बर ७ का सभापति चन्द्रमान तामाङ, वडा नं ८ का सभापति रामसुन्दर श्रेष्ठ, वडा नम्बर १० का सभापति लालबहादुर तामाङ लगायतले विकास निर्माणमा कांग्रेसले नेतृत्व लिँदै जनताले महसुस गर्ने खालको विकास दिनुपर्ने बताए। सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामा सरकारमा हुँदा काभ्रेमा विकासले गति लिएको तर्क गर्दै उनीहरूले कांग्रेसले अझै नेतृत्व गर्नुपर्ने बताए। कार्यकर्ताको मनोभावना बुझेर काम गर्नुपर्ने तर्क गर्दै उनीहरूले विकास निर्माणका योजनाहरू बढीभन्दा बढी समेट्न नेतृत्वलाई अनुरोध गरेका थिए।

नगरप्रमुख समेत रहेका नेपाली कांग्रेस नमोबुद्धका सभापति कुनसाङ लामाले विकास निर्माणका काम र सङ्घीय सरकारको योजनाहरूका लागि थप पहल गरिदिन प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री समेत रहेका जिल्ला सभापति तीर्थ लामा लाई अनुरोध गरे। नगरपालिकाको सीमित स्रोतका बावजुद आफूले विकास निर्माणका कामहरू अघि बढाएको तर्क गर्दै उनले सबैको मागअनुसारको विकास र बजेट भने उपलब्ध गराउन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस