आजको माैसम : वाग्मती र गण्डकी प्रदेशमा सामान्य वर्षा हुने, उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ८, सोमबार मा प्रकाशित ६२३ पटक पढिएको
आजको माैसम : वाग्मती र गण्डकी प्रदेशमा सामान्य वर्षा हुने, उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना

कात्तिक ८, काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका क्षेत्रहरुमा आंशिक बदली रही वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। गण्डकी, वागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस