माओवादी महाधिवेशन ११ देखि १३ पुसमा काठमाडौंमा हुने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित ६२० पटक पढिएको
माओवादी महाधिवेशन ११ देखि १३ पुसमा काठमाडौंमा हुने

कात्तिक २३, काठमाडौं। नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।

मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो।

बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो।

न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस