कातिक ३०, काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का काँग्रेस सभापति तीर्थ लामा र पूर्व जिल्ला सभापति शिव हुमागाईबीच पुर्नमिलन भएको छ।
आज केन्द्रिय सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको तीर्थ लामा र शिव हुमागाई बीच कुराकानीपछि एक साता नपुग्दै पुर्नमिलन भएको हो।
हुमागाईँसंग लगभग पानी बाराबारकै अवस्थामा पुग्नुभएका तीर्थ लामा भने आजबाट पुनः हुमागाईँ गुटमा फर्कनुभएको छ। हुमागाईँ आफू जिल्ला सभापतिमा नउठ्ने र लामालाई जिल्ला सभापतिमा उम्मेरदवार बन्न दिने सहमती भएपछि उहाँ फेरी हुमागाईँ गुटमै फर्कनुभएको हो।
लाामाको समूहलाई जिल्ला सभापति मधु आचार्य समूहले समेत पूर्ण साथ दिने भएपछि हुमागाई थप संकटमा पर्नुभएको थियो। तर आज एकाएक बुढानिलकण्ठमा भएको बार्ताले दुई नेताबीच पुरानै गुटलाई सक्रिय बढाउने सहमति बनेको हो ।
नयाँ समीकरणसँग प्रदेश निर्वाचन क्षेत्र र संघ निर्वाचन क्षेत्रमा दुबै समूहबाट उम्मेदवार समेत घोषणा गरिएको थियो । तर आज लामा र हुमागाईबीच सहमतिले केहि हेरफेर हुने देखिएको छ।
हुमागाई र लामा समूहले भोली २ बजे बनेपाको एक पार्टी प्यालेसमा कार्याक्रमको आयोजना गरी जिल्ला सभापति सहितको पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र क्षेत्रिय समिति घोषणा गर्ने जनाएको छ । नयाँ समीकरण पछि मधु आचार्य समूह थप रणनीति बनाउन ब्यस्त देखिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस