खरेल परिवारको सहयोगमा निर्मित ‘राजेन्द्र खरेल सभाहल’ हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ मंसिर २, बिहिबार मा प्रकाशित ५७० पटक पढिएको
खरेल परिवारको सहयोगमा निर्मित ‘राजेन्द्र खरेल सभाहल’ हस्तान्तरण

मंसिर २, काभ्रे। खरेल परिवारको सहयोगमा नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयको तेश्रो तल्लामा निर्माण भएको राजेन्द्र खरेल सभाहल हस्तान्तरण गरिएको छ।

विहिबार एक कार्यक्रमका विच पूर्व महिला बालबालिका मन्त्री एवं नेपाली काँग्रेसका अग्रज निष्ठावान नेता रोजेन्द्र खरेलले नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यलाई हस्तान्तरण गर्नुभयो।
हल शिला अनावरण तथा रिबन काटेर पूर्व मन्त्री एवं नेपाली काँग्रेसका खरेलले उद्घाटन गर्नुभयो।

१३ सय स्क्वायर फिटमा फैलिएको सभाहल खरेल परिवारबाटै ३० लाख रुपैया लागतमा निर्माण गरिएको राजेन्द्र खरेलका सुपुत्र, नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व मन्त्री खरेलले राजनैतिक जीवनमा पार्टीलाई थोरै भएपनि योगदान गर्न पाएकोमा खुशी भएको बताउनुभयो। कार्यक्रममा जिल्ला सभापति मधु अचार्यले आफ्नो कार्यकालमा भवन बनेको र त्यसमा पनि व्यक्तिगत खर्चमा खरेल परिवारले हल बनाएर पार्टीलाई हस्तान्तरण भएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्व मन्त्री कञ्चनचन्द्र वादेले भवन निर्माणका लागि धेरै पटक जग्गा खरिद भएपनि यो कार्यसमितिले भवनलाई सार्थकता दिएको बताउनुभयो। पाँचखाल नगरपालिकाका प्रमुख एवं राजेन्द्र खरेल सुपुत्र महेश खरेलले खरेल परिवार राजनीतिमा ‘लिन भन्दा दिन आएको’ बताउनुभयो।

कार्यक्रममा काँग्रेसका नेता विष्णु हुमागाई, जिल्ला उपसभापति अच्युत पौडेल र गोविन्दबहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रम जिल्ला सचिव विदुर बञ्चाराले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस