काभ्रेमा आज १७ जना निको हुदा ६० जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ माघ १६, आईतबार मा प्रकाशित ७३९ पटक पढिएको
काभ्रेमा आज १७ जना निको हुदा ६० जना संक्रमित थपिए

माघ १६, काभ्रे। काभ्रेमा आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट २६ तथा एन्टीजेन परिक्षणबाट ३४ जना गरी जम्मा ६० जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना कोभिड-१९ परिक्षणको संख्या कम भए संगै संक्रमितको संख्या पनि केहि कम देखिएको हो। आज जम्मा १५६ जनामा कोभिड परिक्षण गरिएको थियो।

यस्तै काभ्रेमा आज एकै दिन १७ जना संक्रमितले कोरोना जितेका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ३१ जना पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ३१० जना संक्रमित रहेका छन् भने धुलिखेलमा ३०३ जना, पनौतीमा १९७, पाँचखालमा ८१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा २३, चौँरीदेउरालीमा १७, रोशीमा १५, बेथानचोकमा १४, महाभारतमा ८ र तेमालमा ५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २३ जना विभिन्न अस्पतालमा तथा १ हजार ८ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस