हराएको २४ लाख खोपको छानविन गर्न युवा संघद्वारा अख्तियारमा उजुरी

नौलो समाचार संवाददाता
२०७८ माघ १८, मंगलबार मा प्रकाशित ४२३ पटक पढिएको
हराएको २४ लाख खोपको छानविन गर्न युवा संघद्वारा अख्तियारमा उजुरी

माघ १८, काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दायर गरेको छ ।

युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् । संघका संयोजक किरण पौडेलले स्वास्थ्य मन्त्रालयबाटै खोप हराउनु दुःखद भएको भन्दै मन्त्री खतिवडाविरुद्ध उजुरी गरेको बताउनुभयो ।

उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिनागरेको आरोप लगाइएको छ । केही दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले नै प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक पौडेल, संघका संगठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता अख्तियार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस