भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ २०, बिहिबार मा प्रकाशित ५१६ पटक पढिएको
भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

माघ २०, भक्तपुर। भक्तपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन्।

चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। गिरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस