दुर्घटनामा मृत्यु भएका विशालका आफन्तद्वारा साँगामा आन्दोलन, सडक अबरुद्ध

नौलो समाचार संवाददाता
२०७८ फागुन १२, बिहिबार मा प्रकाशित १०४६ पटक पढिएको
दुर्घटनामा मृत्यु भएका विशालका आफन्तद्वारा साँगामा आन्दोलन, सडक अबरुद्ध

फागुन १२, काभ्रे। सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले काभ्रेको साँगामा अबरोध गरी आन्दोलन गरेका छन्।

आन्दोलनका कारण अरनिको राजमार्ग अन्तर्गतको साँगा क्षेत्र बिहान ११ बजेदेखि तनावग्रस्त भएको छ। उक्त क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

बुधबार राति काभ्रेको साँगामा सवारीले ठक्कर दिँदा बनेपा नगरपालिका वडा नं. १४ का विशाल तामाङको मृत्यु भएपछि उनका आफन्तहरु आज साँगामा आन्दोलनमा उत्रेका हुन् ।

मृतकका आफन्तहरुले गरेको आन्दोलनका कारण सयौ सवारी साधन बाटोमा रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । ठक्कर दिने सवारी र चालकलाई कारवाही र उचित क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तहरुले सडकमा प्रदर्शन गरिरहेका छन्।

अरनिको राजमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो ।

रातको समय भएकोले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो। यद्यपी तामाङलाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने आशंका गरिएको र अनुसन्धानका लागी केहि टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जानेको छ।

प्रतिक्रिया दिनुहोस