पनौतीको इन्द्रेश्वर मन्दिरमा महारुद्राभिषेक, हेलिकोप्टरबाट पुष्पबृष्टि

नौलो समाचार संवाददाता
२०७८ फागुन १७, मंगलबार मा प्रकाशित ११९० पटक पढिएको
पनौतीको इन्द्रेश्वर मन्दिरमा महारुद्राभिषेक, हेलिकोप्टरबाट पुष्पबृष्टि

फागुन १७, काभ्रे। पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको छ । आज महाशिवरात्रिका अवसरमा इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा भव्य रुपमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ।

उक्त अवसरमा इन्द्रेश्वर महादेव मन्दिरमा हेलिकोप्टरमार्फत पुष्पबृष्टि गरि महारुद्राभिषेक गरिएको हो ।

कार्यक्रममा १३० जना ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गरिएको छ । भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजक समितिका अध्यक्ष अच्युत भट्टराईलेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरिएको बताउनुभयो।

ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचार-प्रसारमा अझै बढोत्तरी गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उहाँको भनाई छ।

कार्यक्रममा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस