चैत २, काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो।
बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।
भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
प्रतिक्रिया दिनुहोस