बैशाख ११, काभ्रे। काभ्रेमा कांग्रेससहितका सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँड गर्ने सहमति भएको छ।
आज (आइतबार) बसेको सत्ताधारी दलहरुको बीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो।
सहमति अनुसार ७ वटा पालिका नेपाली कांग्रेसको भागमा परेको छ। एकीकृत समाजवादीले २ पालिका र माओवादी केन्द्रले ४ पालिका पाउने भएको छ।
जिल्लाका ६ वटा नगरपालिका मध्ये पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेसले पाउने छ।
त्यस्तै रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसको भागमा परेको छ।
नेकपा (एकीकृत समाजवादी) को भागमा मण्डनदेउपुर र धुलिखेल नगरपालिकाको प्रमुख परेको छ।
माओवादी केन्द्रको भागमा भुम्लु, चौरीदेराली, महाभारत र खानीखोला गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ।
नेपाली कांग्रेस काभ्रेका सचिब गुणराज सचिब मुक्तानको अनुसार उपप्रमुख र उपाध्यक्षहरूको सिट बाँडफाँडको लागि भने बैठक बसिरहेको छ।
सहमति पत्र:-
प्रतिक्रिया दिनुहोस