बैशाख १३, काभ्रे। बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचानका लागि जिल्लाका १३ वटा स्थानीय तहबाट २ हजार ७७३ जनाले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन कार्य तालिका अनुसार वैशाख ११ र १२ गते काभ्रेका १३ स्थानीय तहबाट २ हजार ७७३ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।
कार्यालयका अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाका २६८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
यस्तै, बनेपा नगरपालिकामा ३१६ जनाले मनोनयन दर्ता गराएका छन् भने पाँचखाल नगरपालिकाका २४१ जनाले उम्मेद्वारी दर्ता गरेका छन्।
धुलिखेल नगरपालिकाका २३७ जनाले, नमोबुद्ध नगरपालिकाका २२८ र मण्डनदेउपुर नगरपालिकाका २७६ जनाले उम्मेद्वारी दर्ता गरेका छन्।
यस्तै, गाउँपालिका तर्फ भुम्लु गाउँपालिकामा १९३ जना, चौरीदेराली गाउँपालिकामा १९३, महाभारत गाउँपालिकामा १२६, खानीखोला गाउँपालिकामा १११, रोशी गाउँपालिकामा २३५, तेमाल गाउँपालिकामा २०४ र बेथानचोक गाउँपालिकामा १४५ जना गरि कुल २ हजार ७७३ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रतिक्रिया दिनुहोस