‘अब पनि सधै दासत्व रोज्ने कि तपाईंको घर आँगनमा भिजेको यो रामशरण भण्डारी रोज्ने?’

‘मेयर साब’ बन्न नभई ‘सेवक’ बन्न आएको हुँ
नौलो समाचार संवाददाता
२०७९ बैशाख २५, आईतबार मा प्रकाशित ८४७ पटक पढिएको
‘अब पनि सधै दासत्व रोज्ने कि तपाईंको घर आँगनमा भिजेको यो रामशरण भण्डारी रोज्ने?’

बैशाख २५, काभ्रे। पनौती नगरपालिकाका मेयर पदका उम्मेदवार रामशरण भण्डारीले ‘मेयर साब’ बन्न नभई ‘सेवक’ बन्न आएको बताउनुभएको छ। पनौतीमा नेपाली कांग्रेससहित गठबन्धन दलले आफ्नो चुनावी अभियानलाई व्यापक र तिब्र बनाएको छ।

पनौती वडा नम्बर १, पर्खालाचौरमा आयोजित गठबन्धन दलको बृहतसभा तथा घरदैलो कार्यक्रममा उहाँले आफुहरु कमाउन नभई बिकाश गर्न आएको बताउदै आफु निर्वाचित भएपछि ५ वर्षसम्मको कार्ययोजनाको क्यालेन्डर जनताको घर घर पुर्याउने र तेही अनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘देशमा प्रजातन्त्र धेरै भयो, तर पनौतीमा प्रजातन्त्र आएन’ भण्डारीले भन्नुभयो, ‘अब पनि सधै दासत्व रोज्ने कि तपाइंको घर आँगन र समाजमा भिजेको यो रामशरण भण्डारी रोज्ने?’ भनि प्रश्न गर्नुभयो।

यहाँको खानीबाट  गोदावरी जाने बाटो ३० वर्षसम्म पनि भन्न नसकेको, यहि बाट रानीकोट हुदै बुढापोखरी जाने सडकको अवस्थामा कसैको ध्यान जान नसकेको बताउनुभयो।

पनौती नगरमा हुने गरेको भ्रष्टाचार, बेथिति र अनुशासनहिनातालाई चिर्न आएको बताउदै उम्मेदवार भण्डारीले स्थानीय सरकारले कुनै ठाउँ र भेग भनेर नछुट्याई बिकाश गर्नुपर्ने बताउनुभयो तर गएको ५ वर्षमा त्यो नभएको उल्लेख गर्नुभयो।

पनौती वडा नम्बर १ र २ मा नेपाली कांग्रेस, नेकपा मावोबादी र नेकपा समाजवादी पार्टीका उम्मेदवारहरु घरदैलो कार्यक्रम गर्दै जनताको सामु आफ्नो एजेन्डा र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ।

कार्यकममा वडा अध्यक्षका उम्मेदवारहरुले आ-आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस