पनौती नगरपालिकाले ट्रिपर चलाउन समय तालिका तोक्यो, पालना गर्लान त व्यवशायीले ?

नौलो समाचार संवाददाता
२०७९ अषाढ १९, आईतबार मा प्रकाशित १५०५ पटक पढिएको
पनौती नगरपालिकाले ट्रिपर चलाउन समय तालिका तोक्यो, पालना गर्लान त व्यवशायीले ?
;dosf] kvf{Odf l6k/ sfe]|knf~rf]ssf] ag]kfdf ;dosf] kvf{Odf nfOga4 eP/ a;]sf l6k/ . c/lgsf] /fhdfu{df b’3{6gf Go”gLs/0fsf nflu ag]kfaf6 ;fFem * ah] dfq l6k/nfO{ k|j]z lbOG5 . oxfFaf6 b}lgs rf/ ;osf] xf/fxf/Ldf lgdf{0f ;fdu|L af]s]sf l6k/ /fhwfgL k|j]z u5{g . tl:a/ M /fhs’df/ k/fh’nL, sfe]|knf~rf]s, /f;;

असार १९, काभ्रे। अस्तव्यस्त ट्रिपर संचालन र स्थानीयको बिरोध पछी पनौती नगरपालिकाले दैनिक समय तालिका अनुसार ट्रिपर संचालन गर्न आग्रह गरेको छ। आवास तथा ब्यस्त बजार भएका क्षेत्रमा जुनसुकै समयमा ट्रिपर गुड्न थालेपछि बिगतदेखि नै बजार क्षेत्रका स्थानीयले असन्तुष्टि जनाउदै बिरोध गर्दै आईरहेका छन्।

नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रमा ट्रिपर सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेको हो।

नगरपालिकाद्वारा प्रकाशित सूचनामा उक्त तालिका अनुसार ट्रिपर सञ्चालन गर्न /गराउन सम्बद्ध सबै व्यवसायी मजदुर एवं आम सरोकारवालाहरुमा अनुरोध गरिएको छ।

सूचनामा विगत केही दिनदेखि ट्रिपरको नियमित सञ्चालनका सम्बन्धमा भएका छलफल एवं नमोबुद्ध मार्ग टोल समितिको अनुरोध समेतका आधारमा आदेशानुसारको समय तालिका निर्धारण गरिएको उल्लेख छ।

बिहान र दिउँसोको कार्यालय समयमा ट्रिपर आउजाउ हुदा अत्याधिक जाम हुने, मानिस धेरै आउजाउ हुने समयमा जीउ धनको असुरक्षा, रातभर अनियन्त्रित ट्रिपर आवत जावत बढेसंगै रातमा सुत्न समेत अशान्ति भएपछी ट्रिपर रोक्नु परेको स्थानियाहरुको भनाई छ।

स्थानीय र ट्रिपर व्यवशायिविच कुरा नमिले पछी केहि दिनदेखि पनौती क्षेत्रमा ट्रिपर संचालन बन्द रहेको छ।

बिगतमा पनि ट्रिपर संचालनका लागि समय तालिका तोकिएको थियो तर बिस्तारै ट्रिपर चालक तथा व्यवशायिले त्यो नियम पालना गरेनन्।

पनौती नगरपालिकाद्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस