बुबा

सूर्यप्रसाद लाकोजू
२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ७३१ पटक पढिएको
बुबा

​बा ! म तिम्रो माझी औला
​खोजिरहेको छु
​जुन औला समातेर
​म हिंड्न सिकेँ
​त्यही हिंडाईबाट
​पहाड चढ्न सिकें
​मलाई बोकेर कहिल्यै नथाकेको
​तिम्रो काँध सम्झिरहेको छु
​सँगै तिमीले बोकेका जिम्मेबारीका भारी
​अनि त्यसभित्रको कथा
​किताबका पाना जस्तै
​पल्टिरहेको छ मेरा सामु
​बा ! मैले तिमीलाई
​मनको तस्वीरभित्र
​छामिरहेको छु ।

​कर्मभूमिको आँगनभरि
​परिश्रमको फल फलाएर
​हामीलाई चाख्न दिने
​अनि हाम्रो जिन्दगीमा
​भाग्योदयको सुनौलो बिहानी
​ल्याउन सक्ने ल्याकत
​बोकेको मेरा बा
​मेरालागि पहिलो ईश्वर हुन् ।

​बा
​म तिम्रो
​चाउरिएका गालाका डोवहरूबाट
​रोसी बगिरहेको अर्थ
​खोजिरहेको छु
​पसिनाको कोसी बग्नुको
​तात्पर्य भेटिरहेको छु
​झिसमिसे ओढेर
​उकालो लागेको तिमी
​साँझ लिएर घर फर्कन्थौ
​तिम्रो त्यो कुदाईभित्रको
​सङ्घर्षको सिङ्गो कथाu
​बुˇने प्रयास गर्दैछु
​बा ! आज
​सगरमाथाभन्दा पनि
​अग्लो तिम्रो कद छाम्न
​खोजिरहेको छु ।

प्रतिक्रिया दिनुहोस