भदौ १७, काठमाडौँ। नेपाल आयल निगममले डिजेल मट्टितेलको मूल्यवृद्धि गरेको छ।
हिजो भदौ १६ गते आईओसीबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भनेे बढाएको छैन।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो।
जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
प्रतिक्रिया दिनुहोस