सन्दर्भ खोतलेर
जीवनका यावत पक्षहरु
जीवनका यावत बिपक्षहरु
हरेक सेकेण्ड
हरेक मिनट
हरेक घण्टा
हरेक दिन
हरेक हप्ता
हरेक महिना
हरेक बर्ष
अनेकौ ढङ्गले दिमाकिय नाङ्लोमा राखेर
केलाउछु
निफन्छु
र सफा साग्ला बिचारहरु
आफ्नै प्रसंगको भाडोमा खन्याउछु
किनभने मलाई बाँच्नको लागि
यी आदि ईत्यादिहरु
आड्भरोसाको रुपमा चाहिन्छ्न
वास्तवमा सन्दर्भ तिनै हुन
जस्ले बाँच्नको लागि उर्जा दिन्छ
र त जीवनको सन्दर्भ
अनेकौ भएर आएका हुन्छ्न
हामीलाई लाग्दछ
बिना सन्दर्भ पनि जीवन चलिरहेकै हुन्छ
तर त्यो होइन रहेछ
किनकी सन्दर्भका शृङ्खलाहरु
अटुट
अबिछिन्न
निरन्तर
जीवनसंगै बगीरहेको हुन्छ
हामीलाई थाहा छ कि जीवन
एक सन्दर्भ हो
त्यही सन्दर्भबाट नै
पक्षहरु आएका हुन
बिपक्षहरु छाएका हुन
तसर्थ
सन्दर्भहरु कहि कतैबाट छेक्न सकिँदैन
सन्दर्भहरु कहि कतैबाट रोक्न सकिँदैन
त्यसकारण आईरहन्छ
र निरन्तर गईरहन्छ
किनभने समयले सन्दर्भलाई
आफ्नो नियन्त्रणमा लिएको हुन्छ
त्यसैले त सन्दर्भलाई समयले
कहिले भूतसन्दर्भ
कहिले बर्तमान सन्दर्भ
हुँदै कहिले भविश्य सन्दर्भमा जोडि दिन्छ
तर पनि सन्दर्भ कोट्याई रहन्छौ
हरेक सेकेण्ड
हरेक मिनट
हरेक घण्टा
हरेक दिन
हरेक हप्ता
हरेक महिना
हरेक बर्ष
किनभने हामीले बाँचेको परिबेस
त्यही सन्दर्भले भरिएको हुन्छ
एकपछी अर्को सन्दर्भले जोडिएको हुन्छ
जीवनको आरोह अवरोह मात्र नभएर
यावत पक्षहरु
यावत बिपक्षहरु
सन्दर्भले गोडिएको हुन्छ
जन्म एक सन्दर्भ
जीवन बाँच्नु अनेक सन्दर्भ
मृत्यु अन्तिम सन्दर्भ
यसरी सन्दर्भलाई बाडेर हेर्छौ
कतै नाघेर हेर्छौ
कतै बाँचेर हेर्छौ
कतै हासेर हेर्छौ
कतै रोएर हेर्छौ
त्यसैले त जीवन बाँच्नुमा अनेक सन्दर्भ छ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो अर्कै सन्दर्भ हो
तर जीवन भोगेपछी
कुनै न कुनै सन्दर्भले कोट्याउछ
तब सन्दर्भसंग सान्दर्भिक भएर
अनेक पक्षहरु
अनेक बिपक्षहरु खोज्न थाल्दछौ
जीवन कसैको लागि
सन्दर्भ
बन्न पनि सक्छ
नबन्न पनि सक्छ
तर जीवन एक सन्दर्भ नै हो
दृष्टि वा दृष्टिकोण फरक हुन सक्छ
परिभाषा अलग हुन सक्छ
किनभने हरेक मान्छेको सोच्ने सन्दर्भ मिल्दैनन
यहि नमिल्नुले अनेकौ सन्दर्भ आएका हुन
त्यसैले एकपछी अर्को सन्दर्भ जोड्दै
जीवनयापन गरिरहेका छौ
टंक सम्बाहाङफे
प्रतिक्रिया दिनुहोस