जिन्दगी !
पातमा अल्झिएको शीत जस्तै हो
घामले सेक्दै लाँदा
क्षितिज पारी विलाउँछन् शून्यसरी
यदि
कसैगरी कहीँ कतै तप्किएछ भनेपनि
अस्तित्वविहिन हुन्छ
त्यो शीत
– न धर्ती रसाउँछ
– न माटो उर्वराउँछ
– न त कुनै वृक्षले शीतलता नै ! ?
फरक त्यति धेरै छैन – शीत र जिन्दगीमा
शीतले एक थोपा र जिन्दगीले एक मुठ्ठी सास बोक्छ
बस् ।
– बसन्त नकर्मी
प्रतिक्रिया दिनुहोस