काभ्रे क्षेत्र नं. १ प्रदेश (क) बाट प्रत्यक्ष तर्फ कांग्रेसबाट दिनेश भुर्तेल सिफारिस

नौलो समाचार संवाददाता
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ९५६ पटक पढिएको
काभ्रे क्षेत्र नं. १ प्रदेश (क) बाट प्रत्यक्ष तर्फ कांग्रेसबाट दिनेश भुर्तेल सिफारिस

भदौ १८, काभ्रे। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि काभ्रेमा पनि दलहरू उम्मेदवार छनोट गर्न व्यस्त रहेका छन्।

नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क)का लागि दिनेश भुर्तेललाई सिफारिस गरेको छ।

प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले जिल्ला कार्य समिति सचिब गुणराज मोक्तान, क्षेत्रीय प्रदेश सभापति राम योञ्जन, महाधिबेशन प्रतिनिधि सि.बि. लामा र दिनेश भुर्तेललाई सिफारिस गरेको हो।

को हुन् दिनेश भुर्तेल ?

झन्डै दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय रहनुभएका भुर्तेल कुशल नेत्तृत्वकर्ताको रुपमा पहिचान बनाउनुभएको छ।

बि.स २०६२ साल देखी पशुपति बहुमुखी क्याम्पस चाबहिलबाट नेपाल विद्यार्थी संघ आवद्ध रहेर २०६२/६३ सालको जन-आन्दोलन होमिनुभएको थियो।

पत्रकारीता र समाजशास्त्रमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका भुर्तेल कलेज इकाई सदस्य सचिव हुँदै २०६५ मा स्वबियु सदस्यमा निर्वाचित पनि हुनुभएको थियो।

नेपाल विद्यार्थी संघ काभ्रेको कार्य समितिमा रहेको नेपाल विद्यार्थी संघको केन्द्रिय प्रतिनिधिमा पनि उहाँ निर्वाचित हुनुभएको थियो। २०६७ सालमा १२ औ महाधिवेशनमा मेथिनकोट गाबिसबाट क्षेत्रीय प्रतिनिधिमा भुर्तेल निर्वाचित हुनुभएको थियो।

उहाँले २०७२ को १३औ महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित हुँदै जिल्लामा बिकास बिभाग, स्वास्थ बिभाग र कृषि बिभाग समालेर कुशलता पुर्वक भुमिका निभाउनुभएको थियो। यस्तै उहाँले २०७९ को १४ औ महाधिवेशनमा जिल्ला सचिवमा प्रतिस्पर्धा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस